कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
onlinekhabar.com · Fri Oct 23 16:15:29 UTC 2020
७ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । काठमाडौंका ६, भक्तपुरका ५, चितवनका ३, सुनसरीका २, मोरङ र दाङका १/१ जना संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनाएका छन् ।
धरान उपमहानगरपालिका– ८ सुनसरी की ५९ वर्षकी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा शुक्रबार विहान करिब ४ बजे मृत्यु भएको छ । असोज २९ गते भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा स्वासप्रश्वास र मधुमेहसम्बन्धी रोग थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)