कोरोना : रोजगारी सिर्जना अबको प्रथामिकता
lokpath.com · Thu Apr 30 17:17:38 UTC 2020
काठमाडौं । कोभिड–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै श्रम तथा रोजगारका क्षेत्र पनि प्रभावित भएका छन् । महामारीले स्वास्थ्य सङ्कट सिर्जना गर्नुका साथै विश्व श्रम बजारलाई पनि गहिरो प्रभाव पारेको छ । कोभिड–१९ का कारण हजारौँ उद्योग कलकारखाना बन्द हुने अवस्थामा पुगेका छन् । लाखौँ श्रमिक कामबाट वञ्चित छन् ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोभिड–१९ का कारण विश्वभरबाट करिब १० करोडले रोजगारी गुमाउने प्रक्षेपण गरिसकेको छ । आइएलओका अनुसार सबैभन्दा बढी खाडी क्षेत्रमा रोजगारी गुम्ने खतरा छ । नेपालको प्रमुख श्रम गन्तव्य खाडीका मुलुक नै भएकाले त्यसको सबैभन्दा ठूलो मार नेपालले खेप्नु पर्नेछ । कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाले रोजगारी गुमाउने आशङ्का गरिएको छ । कोभिड–१९ को प्रभाव बढ्दै गएमा वैदेशिक रोजगारीमा ठूलो गिरावट आउने आँकलन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)