ओली प्रधानमन्त्री भइरहने राजनीतिक र नैतिक आधार गुम्यो: काङ्ग्रेस
farakdhar.com · Thu Apr 30 17:45:30 UTC 2020
प्रमुख प्रतिपक्षी दल कांग्रेसले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गरी संविधानको भावनाविपरीतको काम गरेर केपी ओली नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको टिप्पणी गरेको छ । लकडाउनबीच सरकारको समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘सरकार कोरोनाको महामारीको जोखिमपूर्ण र गम्भीर अवस्थामा यसको उचित व्यवस्थापन गर्नुको साटो यस संवेदनशील समयलाई लोकतान्त्रिक भावनाविरोधी कार्य गर्ने अवसरका रूपमा प्रयोग गरिरहेको छ,’ कांग्रेस निर्णयमा उल्लेख छ, ‘सरकारका क्रियाकलापले नेपाली जनताले विगतको निर्वाचनमार्फत प्रदान गरेको अभिमतको घोर उपेक्षा र अपमान गरेको छ । तसर्थ नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)