साफ महिला च्याम्पियनशिप - नेपालले श्रीलङ्कालाई ६ गाेलले हरायाे, समूह विजेता बन्दै सेमिफाइनलमा
Ujyaaloonline.com · Mon Sep 12 23:54:44 GMT 2022
काठमाण्डाै – साफ महिला च्याम्पिनसशिप अन्तर्गत समूह 'बी' काे अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गाेल अन्तरले हराएकाे छ ।
दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले खेलकाे नवाैँ मिनेटमा पहिलाे गाेल गरिन् । यस्तै ११ औँ मिनेटमा सरु लिम्बुले गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर बनाइन् । यस्तै खेलकाे १७ औँ मिनेटमा अमृता जैशी र इन्ज्युरी समयमा दीपा राईले गाेल गरिन् । यस्तै अनिशा कार्कीले खेलकाे ७६ र दाेस्राे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)