कर्मचारी सरुवा व्यवस्थापन गर्न सामान्यले गठन गर्यो कार्यदल
nayapatrikadaily.com · Fri Jun 09 00:17:00 GMT 2023
निजामती कर्मचारीको सरुवा व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यदल गठन गरेको छ । कर्मचारीतन्त्रमा सरुवाको विकृति झाँगिएपछि त्यसलाई नियन्त्रण गर्न कार्यदल गठन गरिएको मन्त्री अमनलाल मोदीले जानकारी दिए । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा हेर्ने सहसचिव हेमराज तामाङ र स्थानीय तह तथा क्षमता विकास महाशाखा प्रमुख सहसचिव बलराम रिज्याल सम्मिलित कार्यदल गठन भएको उनले बताए ।
कार्यदलले सरुवासम्बन्धी हालका कानुनी व्यवस्था र अभ्यास हेरेर उपयुक्त सुझाव दिनेछ । ‘सरुवासम्बन्धी बेथिति र गुनासा सम्बोधन गर्ने पहलका लागि कार्यदल गठन गरेका छौँ,’ बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कार्यदलले सरुवा प्रणालीलाई व्यवस्थित बनाउनेबारे सुझाव दिनेछ ।’ कार्यावधि, भौगोलिक क्षेत्र आदिका आधारमा सरुवा हुनुपर्नेमा उनले जोड दिए । सरुवालाई व्यवस्थित गर्न आफू लागिपरेको मोदीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)