ट्रम्पको अभिव्यक्तिलगत्तै बोल्यो चीनः ‘अमेरिका चिनियाँ अभियानलाई खल्बल्याउने कोसिस गरिरहेको छ’
ratopati.com
एजेन्सी । चीनले अमेरिकी राष्ट्रपतिको चुनावमा हस्तक्षेप गर्ने आफ्नो कुनै रुचि नभएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई फेरि राष्ट्रपति हुनबाट चीनले रोक्ने योजना बनाइरहेको आरोप लगाएलगत्तै चीनले त्यसमा कुनै रुचि नरहेको बताएको हो । ट्रम्पले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा चीनले राष्ट्रपतिको चुनावमा आफुलाई हराउन सबै हर्कत गर्ने योजना बनाइरहेको आरोप लगाएका थिए । उनले आफ्ना प्रतिद्वन्द्वी जो बाडेनलाई जिताएर चीनले व्यापारका लागि सहज वातावरण बनाउन लागेको आरोप समेत लगाएका थिए ।
चीनको सरकारी अखबार ग्लोबल टाइम्सकाअनुसार चीनले उक्त आरोपलाई खारेज गर्दै अमेरिकी राष्ट्रपति चुनावमा असर गर्ने आफ्नोे कुनै रुचि नरहेको जनाएको छ । ट्रम्पको अभिव्यक्तिले चीन र अमेरिकाबीच तनावको स्थिति सृजना गरिदिएको छ । ग्लोबल टाइम्सले ट्रम्पको अभिव्यक्तिले अमेरिकी राजनीतिज्ञहरु चीनविरुद्ध खनिने दौडमा आफुलाई अगाडि देखाउने प्रतिस्पर्धामा रहेको स्पष्ट संकेत मिलेको विश्लेषण गरेको छ । अखबारले ट्रम्पले आफ्ना डेमोक्रेटिक प्रतिद्वन्द्वी बाडेनलाई ‘चीन समर्थित’ देखाउँदै बढी मत झार्न खोजेको र उनको यो दृष्टिकोण निकै अनौठो र अप्ठयारो रहेको भन्दै टिप्पणी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)