मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

barnanmedia.com · Mon May 18 00:01:20 GMT 2026

यहाँको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन् । वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । उपचारका लागि आउनेमध्ये करिब ९८ प्रतिशत महिला थिए ।

आधारभूत स्वास्थ्यचौकी वन समितिका प्रमुख हरिनाथका अनुसार शिविरमा ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकामा सात जना शङ्कास्पद बिरामी फेलापरेका छन् । १०२ जनाको उच्च रक्तचाप परीक्षण तथा ११० जनाको मधुमेह परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३५ जनामा उच्च रक्तचापको समस्या देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)