नेपाल र दक्षिण कोरियाले जुगल हिमालको पहिलो आरोहण गर्ने
ratopati.com · Fri Apr 05 17:35:00 UTC 2024
काठमाडौँ । नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले जुगल हिमाल (६५९१ मिटर) को पहिलो आरोहण गर्ने भएको छ । उक्त प्रयोजनका लागि तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टिम शनिबार त्यसतर्फ जाने नेपाल पर्वतारोहण सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो । जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमालसमेत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)