धारिलो हतियार प्रहारबाट राजधानीमै युवकको हत्या
deshsanchar.com · Fri Aug 14 17:30:26 UTC 2020
काठमाडौं- काठमाडौंको बानियाँटारमा शुक्रबार राति धारिलो हतियार प्रहारबाट एक जना युवकको ज्यान गएको छ। ज्यान जानेमा २४ वर्षीय लक्ष्मण तामाङ रहेको काठमाडौँ प्रहरी प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
राठौरका अनुसार धारिलो हतियार प्रहारमा तामाङको ज्यान गुमेको हो। उनले देशसञ्चारसँग भने, ‘घाइतेको ग्रिनसिटी हस्पिटलमा उपचार हुँदाहुँदै ज्यान गएको छ, हतियार प्रहार गर्नेलाई खोज्दैछौँ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)