एकतिहाइ पालिकामा पनि भएन गठबन्धन
ekantipur.com · Wed May 04 00:39:40 GMT 2022
काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा सत्तारूढ पाँच दलले देशव्यापी गठबन्धन गर्ने भने पनि २ सय ९ पालिकामा मात्रै ‘सेट’ मै गठबन्धन भएको छ । कुल ७ सय ५३ स्थानीय तहमध्ये एकतिहाइभन्दा पनि कम अर्थात् २८ प्रतिशतमा मात्रै गठबन्धन सम्भव भएको छ ।
कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा गठबन्धनको प्रयास गरेका हुन् । तालमेल गरिएका २ सय ९ मध्ये १ सय ३६ गाउँ पालिका हुन् भने ७३ नगरपालिका । दुवैमा महिला उम्मेदवार जम्मा ७/७ जना छन् । दलगत रूपमा कांग्रेसले १ सय ३४, माओवादीले ४९, एकीकृत समाजवादीले १८, जसपाले ४ र राष्ट्रिय जनमोर्चाले ४ पालिकाको प्रमुख/अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)