पूर्वपत्नीसँग किन भड्किए मनोज गजुरेल ?
onlinekhabar.com · Tue Dec 15 17:29:27 UTC 2020
काठमाडौं । स्टेजमा दर्शकलाई हँसाएर मनोरञ्जन दिने कलाकारहरुको व्यक्तिगत जीवन सँधै हाँसोमय नहुन सक्छ । आफूभित्रका पिर-व्यथाहरुलाई लुकाएर अरुलाई हँसाउनु उनीहरुको पेशागत दायित्व हो । मनोज गजुरेल यस्तै एक कलाकार हुन्, जसले लामो समय आफ्नो मानसिक तनावलाई लुकाएर दर्शकलाई मनोरञ्जन गराइरहे ।
करिब तीन वर्षअगाडि अचानक मनोजले पत्नी मिना ढकालसँग डिभोर्स गरेको समाचार सार्वजनिक भयो । उनका प्रशंसक र शुभचिन्तकहरुका लागि यो विल्कुल अप्रत्याशित खबर थियो । तथापि, यो उनीहरुले हठात् वा आवेशमा लिएको निर्णय थिएन । उनीहरुको दाम्पत्य जीवनमा ऐंजेरु पलाएको लामो समय भइसकेको थियो । मनोज र मिनाले एक-अर्कासँग सम्झौता गरेर नै सम्वन्धको रथलाई २२ वर्षसम्म धकेलेका थिए । मनोज आफ्नो करिअरमा बढि फोकस थिए भने मिना पारिवारिक दायित्वमा केन्दि्रत थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)