सोलुखुम्बुको होटलमा आगलागी, जलेर नष्ट
annapurnapost.com · Sun Nov 22 23:36:00 UTC 2020
ओखलढुंगाः सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ फाग्दिङस्थित यती माउन्टेन होम होटलमा आगलागी भएको छ । आइतबार बिहान ९ बजे विद्युत सर्ट भई आगलागी हुँदा होटल पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आगलागीबाट होटलको भौतिक संरचना सहित होटलभित्रका सबै सामग्री जलेर नष्ट भएको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए । आगलागीबाट २ करोड बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)