उच्च अदालत पोखराले एक वर्षमा ७७३ मुद्दा फछ्र्यौट गर्यो
ratopati.com
पोखरा । उच्च अदालत पोखराले आर्थिक वर्ष ०७६/७७ मा ७७३ मुद्दा फछ्र्यौट गरेको छ । मंगलबार उच्चले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ । आव ०७६/७७ मा उच्चमा ११ सय ५५ नयाँ मुद्दा भएका छन् । नयाँ दर्ता भएका मुद्दामध्ये ३८७ मुद्दा फछ्र्यौट भएका छन् । ५ सय १५ मुद्दा जिम्मेवारी सरेका थिए । जिम्मेवारी सरेका ५ सय १५ मुद्दामध्ये ३८६ मुद्दा फछ्र्यौट भएका छन् ।
उच्च्का अनुसार दुनियाँवादी देवानीमा जिम्मेवारी सरेका १६५ मुद्दा छन् । नयाँ २०५ मुद्दा दर्ता भएका छन् । गत आवमा दुनियाँवादी देवानी मुद्दामा दर्ता भएका कुल ३ सय ७० मुद्दामध्ये जिम्मेवारी सरेका ११४ र नयाँ ६१ मुद्दा फछ्र्यौट भएका छन् । दुनियाँवादी देवानीमा दर्ता भएका कुल ३७० मुुद्दामध्ये जिम्मेवारी सरेको ५१ र नयाँ दर्ता भएका १ सय ४४ गरि १९५ मुद्दा फछ्र्यौट हुन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)