कोरोना विश्व अपडेट: ५३ हजार ६ सय बढीको अवस्था गम्भीर, कति पुगे मृतक र संक्रमित ? (विवरणसहित)
lokpath.com · Fri May 29 18:06:23 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ६४ हजार ३ सय ६० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ५९ लाख ७१ हजार ५ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २६ लाख ३० हजार ६ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ५३ हजार ६ सय १५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३ हजार ८ सय २५ पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १७ लाख ७८ हजार ६७ जनामा कोरोना संक्रमण फैलिएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण अमेरिकामा ४ सय ९५ जनाको ज्यान गएको र ९ हजार ६ सय ६ जनामा संक्रमण देखिएको छ । वल्डोमिटरको तथ्यांक अनुसार त्यहाँ ५ लाख २ हजार १ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार १ सय ६१ जनाको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)