टोटनह्यामको सहज जीत, लेस्टर दबाबमा
sajhapost.com · Sun Jul 19 17:14:52 UTC 2020
काठमाडौं, ४ असार । इंग्लिस प्रिमियर लिगअन्तर्गत आज भएको दोस्रो खेलमा टोटनह्यामले जीत हात पारेको छ । उसले लेस्टर सिटीमाथि ३-० को सहज जीत दर्ता गर्यो ।
टोटनह्यामको जीतमा ह्यारी केनले दुइ गाेल गरे भने एक गाेल लेस्टरले आत्मघाती गरेको थियो । खेलको छैटाै मिनेटमै पाएको उपहार गोलमार्फत टोटनह्यामले अग्रता लिएको थियो । लेस्टरका जेम्स जस्टिनले आत्मघाती गोल गरेका थिए । त्यसपछि खेलको ३७औं र ४१औं मिनेटमा केनले गाेल गरेपछि स्पर्स पहिलो हाफमै ३औ० ले अगाडि रह्यो । दोस्रो हाफमा कुनै गोल हुन सकेन र टोटनह्याम विजयी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (sajhapost.com)