आलमको घरमा प्रदेश प्रहरीको छापा विवादित, प्रदेश २ का डिआइजीलाई स्पष्टीकरण
nepallive.com · Fri May 22 17:25:00 UTC 2020
काठमाडौं - केन्द्र र स्थानीय प्रहरीलाई जानकारी नै नदिई प्रदेश नम्बर २ ले रौतहटको राजपुर नगरपालिका-४ फरहदवामा रहेको पूर्वमन्त्री तथा प्रतिनिधिसभाका निलम्बित सांसद मोहमद अफताब आलमको घरमा छापा (रेड) हान्दा विवाद बढेको छ।
आलमको घरमा रौतहट बम काण्डका फरार अभियुक्त तथा आलमका भाइ महताब आलम आएको हुनसक्ने भन्दै बिहीबार राती साढे १२ बजे सादा पोशाकमा रहेका प्रहरीले छापा मारेका थिए। विश्वस्त स्रोतका अनुसार सादा पोशाकका करिब २० प्रहरीसहित झण्डै ५० जनाको हाराहारीमा गएको प्रहरी टोलीले आलमको घरमा छापा मार्दा स्थानीयले प्रतिवाद गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)