कोरोना संक्रमणले ग्रस्त अमेरिकामा १ लाख १२ हजार बढीको गयो ज्यान
lokpath.com · Mon Jun 08 17:41:05 UTC 2020
काठमाडौं । कोरोना संक्रमणको असर संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार ६ सय ४५ पुगेको छ ।
बितेको २द्ध घण्टामा ६ हजार ४ सय ३८ जनामा कोरोना संक्रमितसँगै कुल संक्रमितको संख्या २० लाख १३ हजार ८ सय ८७ पुगेको छ । त्यस्तै हालसम्म ७ लाख ६३ हजार ३ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र १ सय ६७ जनाको ज्यान गएको र संक्रमितमध्ये १६ हजार ९ सय २३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)