बेलायत नाकाबन्दी र कोरोना संक्रमणको मारमा
ratopati.com
लन्डन । सन् २०२० अन्तिम घडीमा आइपुग्दा यतिबेला बेलायत थुप्रै समस्याले ग्रस्त भएको छ । ब्रेक्जिटको अवधि अब केहि दिनमात्र बाँकी रहँदा अहिलेसम्म कुनै अन्तिम टुंगो लाग्न सकेको छैन । कोरोना भाइरसको नयाँ स्वरूप देखा परेपछि बेलायत यतिबेला झन्डै पाँच दर्जन मुलुकहरुबाट तिरस्कृत बन्न पुगेको छ । बेलायतको मुख्य व्यापारिक नाकाको रुपमा रहेको डोबर नाका फ्रान्सले ४८ घन्टाको लागि बन्द गरेपछि एक हजार पाँच सय भन्दा बढी लरीहरु सडकमै अलपत्र भैरहेका छन् । बेलायतमा दुई साताभित्र खाद्यान्न संकट हुनसक्ने प्रधानमन्त्री बोरिस जोन्सनले यसघि नै बताइसकेका छन् ।
बेलायतमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसले नयाँ रुप परिवर्तन गरेपछि कोरोना विरुद्धको भ्याक्सिन्ले जगाएको आशालाई निराशामा परिवर्तन गरिदिएको छ । यद्धपि यसबारेमा वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेका छन् । यतिबेला रेल यातायात, हवाई यातायात तथा सडक यातायातमा समेत अवरुद्ध हुँदा बेलायतले ठूलो संकट खेपिरहेको छ । कोरोना परीक्षण गरेर नेगेटिभ भएकालाई जान दिनुपर्ने अधिकारीहरुले बताउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)