बेलायतमा कोरोनाबाट मर्नेको संख्या १२ हजार नाघ्यो (अपडेट)
ratopati.com
-नरेन्द्र बस्नेत
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ । मंगलबार दिउँसो तीन बजेसम्म सार्वजनिक तथ्याङ्क अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १२ हजार १ सय ७ पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले पछिल्लो २४ घन्टामा थप ७ सय ७८ जनाको मृत्यु भएको जानकारी दिएको छ । तेस्तै थप ५ हजार २ सय ५२ जना कोरोनाबाट संक्रमित भएका छन् । हालसम्म बेलायतमा संक्रमित हुनेको संख्या कूल ९३ हजार ८ सय ७३ पुगेको छ । कोरोनाको संक्रमणबाट कम्तिमा ४० जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)