मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षामा बालेन शैली

rajdhanidaily.com · Mon Jul 24 23:34:59 GMT 2023

सडक विस्तारका साथै गैरकानुनी तवरले बनाइएका संरचना भत्काउँदै हिंडेको काठमाडौं महानगर पालिकाका मेयर बालेन साह शिक्षामा प्रवेश गरेका छन् । काठमाडांै महानगर भने पनि हुन्थ्यो बालेन साह नै किन ? तर, महानगरले आजसम्म नगरेका, गर्न नसकेका सानाठुला सबै काम मेयर साहकै निर्देशन, नेतृत्व र पहलमा हुने गरेका छन् । अवैध संरचना हटाउन प्रयोगमा आउने डोजरलाई बालकदेखि वृद्धसम्म सबैले ‘बालेनको डोजर’ भन्छन् । महानगरको नीति बालेनको नीति बन्छ । राम्रा नराम्रा सबै कामका लागि ताली र गाली दुवै मेयर साहले नै पाउँछन् । कुनै पनि दिन प्रायः यस्तो छैन, जहाँ मेयर बालेनले कुनै न कुनै नवीन कामको थालनी नगरून् । केही नपाए उनी सांसदलाई ‘मरेका लाश’ भनेर सार्वजनिक सञ्जालमा आउँछन् ।

अघिल्लो साता शिक्षामा बालेनको प्रवेश नयाँ समाचार मात्र बनेन, यसले एक किसिमको तरंग नै ल्याइदियो । काठमाडौं महानगरको गतअसार ३० गते सम्पन्न नगरसभाले आफू मातहतका सबै विद्यालयको विद्यालय व्यवस्थापन समिति भंगगरी सम्बन्धित वडाको वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको पदेन अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)