कोरोना अपडेट: विश्वभर ५६ हजार भन्दा बढीको अवस्था गम्भीर, कति पुगे मृतक र संक्रमित ?
lokpath.com · Tue Apr 28 18:11:43 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वमा २ लाख १४ हजार १ सय ६ जना मानिसको ज्यान गइसकेको छ । भने. ३१ लाख २ हजार ६ सय ६७ जना मानिसमा कोरोना संक्रमण फैलिएको छ । भने तिनिहरु मध्ये ५६ हजार ६० जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै हालसम्म कोरोना उपचारपछि ९ लाख ४४ हजार ७१ जना निको भएर घर फर्किएका छन् ।
यो समाचार तयार पार्दासम्म कोभिड १९ को कारण अमेरिकामा ५७ हजार मानिसको ज्यान गइसकेको छ । भने बितेको २४ घण्टामा कोरोनाको कारण ८ सय ४ जनाको ज्यान गइसकेको छ । त्यस्तै हालसम्म अमेरिकामा कोरोनाको कारण १० लाख १९ हजार ८ सय २३ जना मानिसमा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । आज मात्रै अमेरिकामा ९ हजार ४ सय ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । विश्वमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित र मृतक रहेको अमेरिकामा १ लाख ३९ हजार ९ सय २७ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भने १४ हजार १ सय ४५ जनाको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)