तीन जलविद्युत् आयोजनामा झण्डै ३९ अर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत
Ujyaaloonline.com · Tue Nov 10 17:42:06 UTC 2020
काठमाण्डौ - लगानी बोर्ड नेपालले झण्डै ३९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औँ बैठकले ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो ।
बोर्डले ७७ दशमलव ५ मेगावाटको घुन्साखोला जलविद्युत् आयोजनाको लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजनाको लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)