मापसे गरेर चलाएको मोटरसाइकलको ठक्करबाट तीन जना घाइते
annapurnapost.com · Tue Aug 10 06:31:00 GMT 2021
विराटनगर : चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको मोटरसाइकलले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका–६ मा सोमबार राति दुई वृद्धासहित तीन जना महिला घाइते भएका छन्।
आफ्नै घर बाहिर बसिरहेका महिलाहरुलाई पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको को २३ प ७८०७ नम्बरको मोटरसाइकलले राति ९ बजेतिर ठक्कर दिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले बताए। उनका अनुसार दुर्घटनामा बूढीगंगा–६ की ७२ वर्षीया बेचनदेवी उराव, ६० वर्षीया फुसिया उराव र ५१ वर्षीया गीता भगत घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)