अमेरिकामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७७ हजार नाघ्यो
lokpath.com · Fri May 08 17:28:00 UTC 2020
काठमाडौं । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित र मृतक रहेको देश संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ७७ हजार ५ सय ६२ जनाको ज्यान गइसकेको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म १२ लाख ९९ हजार ९ सय १२ जना कोरोना संक्रमणको शिकार भएका छन् । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय बढीको ज्यान गएको र ७ हजार २ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै हालसम्म कोरोना संक्रमित मध्ये त्यहाँ १७ हजार २० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म त्यहाँ ८३ लाख ८० हजार बढीको कोरोना परीक्षण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)