टी–२० विश्वकप : भारतको पहिलो जित
annapurnapost.com · Thu Nov 04 06:37:00 GMT 2021
अबुधाबी : जारी टी–२० विश्वकपमा भारतले पहिलो जित निकालेको छ। जायद क्रिकेट रंगशाला अबुधाबीमा बुधबार राति भएको खेलमा उसले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको हो।
टस हारेर पहिलो ब्याटिङको निम्ता पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रन बनाएको थियो। त्यसपछि २११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)