हिमपातले भोटखोला जाने सडक अवरुद्ध, हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग
thahakhabar.com
संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जाने सडक हिमपातले अवरुद्ध भएको छ। हिमपातका कारण माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएको भोटखोला गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले जानकारी दिए।
प्रशासकीय अधिकृत भोटेका अनुसार हिमपातले सडक अवरुद्ध भएपछि भोटखोलाको किमाथांका, रिदाक, छुम्सुर, थुदामलगायत गाउँमा खाद्यान्न संकट भएको छ। ४ फिटसम्म हिउँ परेकाले सडक अवरुद्ध भएको छ। भोटखोला–१ को किमाथांकामा १ सय १६ घर, वडा नम्बर–२ को थुदामका १६ घर, रिदाकका ७७ घर र छुम्सुरका २२ घरपरिवारका लागि खाद्यान्न संकट भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)