आफ्ना दुई नागरिकलाई देश फर्काउन भुटानले पठायो चार्टर जहाज
nayapage.com · Sat Apr 18 17:14:16 UTC 2020
काठमाडौं, ७ वैशाख : भुटान सरकारले लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना दुई नागरिकलाई देश फर्काउन चार्टर जहाज काठमाडौं पठाएको छ । भुटान सरकारले राष्ट्रिय ध्वजाबहाक वायुसेवा ड्र्यक एयर मार्फत शनिबार आफ्ना दुई नागरिक फिर्ता लगेको हो ।
बिहान ७ः५३ बजे रित्तै काठमाडौंमा अवतरण गरेको ड्र्यक एयरको ब्रान्ड–न्यू एटीआर–४२–६०० जहाजले काठमाडौंमा अलपत्र परेर स्वदेश फर्किन अपिल गर्ने पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई ९ बजे लिएर फर्केको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)