भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई पठाए १०लाख डोज कोभिड-१९ खोप
hamrakura.com · Thu Jan 21 17:38:00 UTC 2021
काठमाडौं। भारत सरकारले नेपालको स्वास्थ्य सेवा तथा अग्रपंक्तिमा खटिएका कर्मचारीहरुको तत्काल आवश्यकताको लागि बिहिवार नेपाललाई भारतमा उत्पादित १० लाख कोभिड–१९ खोप उपहारस्वरुप प्रदान गरेको छ । उक्त खोप नेपाल सरकारको आग्रहमा भारतले उपलब्ध गराएको हो । यही माघ २ गते भारतको नयाँ दिल्लीमा दुई राष्ट्रका परराष्ट्रमन्त्रीको अध्यक्षतामा सम्पन्न नेपाल-भारत संयुक्त आयोगको छैटौं बैठकमा यस सहकार्यबारे पनि छलफल भएको थियो ।
उक्त खोप बिहिवार बिहान विमानस्थलमा आए लगत्तै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र राजदूत विनय मोहन क्वात्राले ग्रहण गरेका थिए। राजदूत क्वात्राले खोपको आगमनले कोभिड–१९ को अन्त्यको सुरुवात हुने आशा व्यक्त गर्दै भाइरसलाई परास्त गर्न नेपालका जनताले चालेका प्रयासमा भारत कटिबद्घ रहेको कुरा दोहोर्याएका थिए। स्वास्थ्य मन्त्रीले दुवै देशमा एक साथै खोप वितरण गर्नका लागि नेपालमा पनि समयमै उपलब्ध गराइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)