नयाँ वर्षमा शीर्ष नेताहरुको शुभकामना : कोरोनाबाट बचौं, बचाऔं
nepalsamaya.com · Sun Apr 12 17:44:04 UTC 2020
काठमाडौं- मुलुकका शीर्षस्थ नेताहरुले कोरोना भाइरसको जोखिमबाट बच्न सबैलाई एकजुट हुन, लकडाउन र सामाजिक दुरी कायम गर्न तथा आपसी मेलमिलापबाट अभूतपूर्व राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन्। उनीहरुले नयाँ वर्ष २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै यस्तो अपिल गरेका हुन्।
प्रधानमन्त्री केपी ओलीले यस पल्ट नयाँ वर्ष उल्लास र उमंगको पर्व हुन नसकेको भन्दै शुभकामना दिएका छन्। उनले शुभकामना सन्देशमा भनेका छन्, 'नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठयारो परिस्थितिमा स्वागत गर्दछौं।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)