मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उधारो खाएको ५० रुपैयाँ माग्दा ६५ वर्षीया वृद्धालाई बोक्सी आरोपमा मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट

imagekhabar.com · Sat Jan 29 01:33:56 GMT 2022

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका– ३ हरकठवामा ६५ वर्षीया वृद्धा वकिला खातुनलाई बोक्सीको आरोपमा छिमेकी पाँच पुरुषले मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट खातुनको दाहिने आँखामा रगत जमेको छ । तर, पीडितको किटानी जाहेरीसमेत लिन अस्वीकार गरेको प्रहरी उल्टै पीडकले दिएको निवेदन भने तत्काल दर्ता गरेर खातुन र उनका छोराहरूलाई पक्राउ गर्न घरमै पुगेपछि झन् असुरक्षित बनेका छन् ।

वकिला घरखर्च चलाउन पान, सुपारीलगायतको खुद्रा व्यापार गर्छिन् । छिमेकी ४० वर्षीय मगनी साह उनको पसलमा खाइरहन्थे । तर, उधारो खाएको ५० रुपैयाँ नतिरेको धेरै नै भइसकेको थियो । २८ पुसमा वकिलाले मगनीको घरमै पुगेर पैसा मागिन्, तर मगनीले पैसा दिएनन्, झपारेर पठाए ।

स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)