मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्व मुवाँथाईका पदक विजेता नगदसहित सम्मानित

baahrakhari.com · Fri Apr 05 17:52:16 UTC 2024

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको १९औँ मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा १ एतिहासिकसहित २ स्वर्ण, २ रजत र १ कांस्य जितेका थिए । गुणराज रुचालले सेमी प्रोको पुरुष ५४ केजीमा इटालीका ग्राभियल ओलारिउलाई पराजित गरी ऐतिहासिक स्वर्ण जितेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)