रिपोर्ट नेगेटिभ आएसँगै खुसी हुँदै घर फर्किए क्वारेन्टिनमा बसेकाहरु
ratopati.com
जुम्ला । कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको क्वारेन्टिनमा छिर्दा भारतबाट आउने धेरैको मनमा अनेक त्रास थियो, कोरोना पो भएको छ कि ? रिपोर्ट कस्तो आउला ? यस्तै यस्तै...’चौध दिनअघि यस्तै चिन्ता र त्रासका बीच जिल्लास्तरीय क्वारेन्टिनमा छिरेका यहाँका १ सय १९ जना निकै खुसी हुँदै घर फर्किएका छन् ।
कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेकाहरुको रिर्पोट नेगेटिभ आएसँगै उनीहरु खुसी हुँदै घर फर्किएका हुन् । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको टोलीले उनीहरुलाई घर फर्काउन गाडीको व्यवस्था गरेको थियो । गाडीसहित क्वारेन्टिनमा पुगेको टोली देख्दा एकाएक गडगडाहट ताली बज्यो । त्यो ताली खुसीको थियो । एकापसमा खुसी साटासाट भइरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)