म्यानचेष्टर सिटी रोकियो, चेल्सीको पुनरागमन जित
onlinekhabar.com · Sun Sep 04 01:17:57 GMT 2022
१९ भदौ, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी एस्टन भिल्लासँग १-१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि एस्टन भिल्लाले घरेलु मैदानमा बराबरी गोल फर्काएको थियो । यस सिजन सिटीले दोस्रो पटक खेलमा अंक गुमाएको छ ।
पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । ५०औं मिनेटमा एर्लिङ हालान्डले केभिन डे ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । हालान्डले यस सिजन ६ खेलमा १० गोल गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)