लकडाउन उल्लंघन गर्ने बढे (फोटोफिचर)
reportersnepal.com · Fri Apr 24 17:52:29 UTC 2020
काठमाडौं, १२ बैशाख । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको आज ३२औं दिन हो । आजसम्म आईपुग्दा नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ भने उपचारपचि निको भएर घर फर्किनेको संख्या दश पुगेको छ। सरकारले लकडाउन पालना गराउन प्रभावकारी कदम चालेको छ ।
जनताले पनि यो अवधिमा सरकारलाई साथ दिएका छन् । तर, काठमाडौं उपत्यकाका सवालमा भने पछिल्ला दिन लकडाउन उल्लंघनका दृश्यहरु देखिन थालेका छन् । सुरक्षाकर्मी ठूलो संख्यामा खटाईएको छ । तर, सर्वसाधारण भने निर्वाध रुपमा सवारी लिएर हिँडिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)