राष्ट्रिय टोलीका थप दुई जनामा कोरोना संक्रमण
baahrakhari.com · Tue Nov 03 17:35:00 UTC 2020
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भएको कोरोना परिक्षणमा राष्ट्रिय टोलीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि त्यसतर्फ प्रस्थान गर्नु पूर्ण मंगलबार दिउँसो खेलाडीको स्वाब संकलन गरेको थियो । स्वाब संकलनको रिपोर्ट साँझ आउँदा थप दुई खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)