राजस्थानको छैटौं जित
baahrakhari.com · Fri Oct 30 17:51:00 UTC 2020
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयलसले छैटौं जित निकालेको छ । शुक्रबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई पराजित गर्दै ७ विकेटले पराजित गर्दै आईपीएलमा छैटौं जित निकालेको हो ।
पन्जाबले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाउदै लक्ष्य भेट्टाएको हो । राजस्थानको जितका लागि बेन स्टोक्सले अर्धशतकीय पारी खेले । उनले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकीय पारी खेलेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)