मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नौ विमानस्थलमा रात्रि उडान

nayapatrikadaily.com · Fri Jan 06 00:28:00 GMT 2023

देशभित्र सञ्चालनमा रहेकामध्ये नौवटा विमानस्थल रात्रिकालीन उडान गर्न मिल्ने भएका छन् । जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय र ६ वटा आन्तरिक विमानस्थल रहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) सञ्चालनमा आए पनि अझै राति उडान सुरु भएको छैन ।

आइएफआर उडान सुरु भएपछि पोखरामा पनि राति उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । नियमनकारी निकायले अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा र राति उडान सुविधा भएका आन्तरिक विमानस्थल १८ घन्टासम्म खुला रहने व्यवस्था गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)