उत्कृष्ट काम गरेको भन्दै बसपार्कका इन्सपेक्टरको बिदाइमा १५ किलोको माला
lokpath.com · Thu Oct 01 17:53:10 UTC 2020
काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको इन्चार्ज भएर १५ महिना काम गरेका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष कुमार दाहालको सरुवा भएको छ । उनी सरुवा भएसँगै उनको बिदाइमा बिहीबार एक कार्यक्रम आयोजना गरियो ।
बानियाँटार युवा समाजको अगुवाइमा भएको बिदाइ कार्यक्रममा उनको काममा उच्च प्रशंशा गर्दै १५ किलोको माला लगाइएको थियो । कोरोना भाइसको कहरका बीच पनि सजगता अपनाउँदै उनको बिदाइ गरिएको समाजका अध्यक्ष प्रबिन बानियाँले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)