साउदी अरबमा कोरोनाको संक्रमित हुने नेपालीको संख्यामा पनि बृद्धी
hamrakura.com · Tue May 05 17:49:00 UTC 2020
साउदी अरेबिया। बिगत लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको कहर बढ्दै गएको बेला साउदी अरेबियामा कोरोना भाइरसको संक्रमित हुनेमा नेपाली श्रमिको संख्यामा पनि बृद्वी भएको छ ।
साउदी अरेबियाको शहर जेद्दामा रहेको नेपालको महावाणिज्य दूतावासले प्रेस बिज्ञप्ती जारी गरि साउदी अरेबियाको शहर जेद्दा क्षेत्रमा २६ जना नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण फेला परेको जनाएको छ। दुतावासका अनुसार संक्रमित मध्ये एक जना उपचार पछि निको भएका छन् भने बाँकी २५ जनाको साउदी अरेबियाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)