मुख्य चोकहरुमा हलचल नगरी उभिएका 'ट्राफिक प्रहरी'
dekhapadhi.com · Wed Sep 02 17:23:00 UTC 2020
काठमाडाैं। निषेधाज्ञामा बुधबार काठमाडौंका मुख्य-मुख्य चोकहरुमा अलि फरक दृश्य देखियो। ट्राफिक प्रहरीहरु जानकारीमुलक सन्देश बोकेर एकटकले उभिइरहेका देखिन्थे। यसरी सन्देश बोकेर उभिएका ती ट्राफिक प्रहरी वास्तविक भने थिएनन्। ती त थिए ट्राफिकको पहिरन लगाएका पुतला। जो झट्ट हेर्दा जीवन्त नै देखिन्थे। कोरोना भाइरसको महामारी कायमै रहँदा यसरी चोकहरूमा ठड्याइएका पुतलाले मास्क पनि लगाएका रहेछन्। थापाथली, कोटेश्वर, माइतीघर, सिंहदरबार र बानेश्वरमा देखिएका तिनै ट्राफिकका पुतलाका केही तस्बिरहरू।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)