मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलरको मूल्य स्थिर, अरू मुद्राको कति छ विनिमयदर?

setopati.com · Mon May 18 00:24:21 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको दरभाउ स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ। आइतबार पनि खरिद–बिक्रीदर सोही कायम थियो।

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)