रत्नका कलम र मनका मल्हमहरु
livemandu.com · Fri May 29 17:55:01 UTC 2020
केहि वर्ष अघि फेसबुकमा टुक्क एउटा फ्रेन्ड सजेशन आयो, रत्न शम्शेर थापा थियो नाममा । मैले रिक्वेस्ट पठाँए, एसेप्ट पनि भयो, त्यपसपछि गोडा दुई वर्ष शुभकामना आदानप्रदान भए, दुबैका गोडा दुई जन्मदिनमा । हिजो तिनै मिर्मिरे उषामा औंठी साट्न जाने मनसाय भएका रसिक गीतकारको मृत्यूको खबरले हृदय चिरियो, परमेश्वरले यिनलाई आफूमा समाहित गरुन ।
रत्न शम्शेर थापा घरिघरि आफ्ना पोष्टहरुमा पुराना फोटोहरु र यादहरु पोष्ट गर्नुहुन्थ्यो, यि फोटोहरुमा इतिहास हुन्थ्यो, वहाँका फोटोहरु म हेर्थे, फेसबुकका वालहरु मार्फत नै कल्पना गर्थे, त्यो बेली पाइन्ट, ठूला चश्मा अनि सफा काठमाण्डौं हुँदा ताकाका साहित्य अनि कलाका आयामहरु । नेपाली साहित्य अनि लेखनमा रत्न शम्शेरका ६० दशकभन्दा बढि त्यसै बितेका थिएनन । मैले धेरैपटक रत्न शम्शेरका शव्दहरुलाई गुलजारका शव्दसंग तालमेल गरेर हेँरे, दुबैजनाले ग्रामीण बस्तिका बिम्बहरु प्रयोग गरेर अमिट र कालजयी गीतहरु दिएका छन् । गुलजारले जैसे हो वैसे आजाओ श्रृगांरको रहने दो भनंर लेखे, हाम्रा रत्न शम्शेरको गीत पनि यस्तै छ, घुम्तिमा नआउ है, दुबै गीतहरुमा मायालुको भेट चाह छ, गुलजार दुरुस्तै रुपमा जे छ त्यस्तै स्वरुपमा आउ भन्छन्, उता रत्न शम्शेर घुम्तिमा नआउ आँखा जुधाउन भन्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)