सहमतिमै स्थायी कमिटी स्थगित, तर अवस्था जटिल बनेको प्रधानमन्त्रीको सन्देश
himalkhabar.com · Sat Jul 04 17:55:50 UTC 2020
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अवस्था जटिल बनेको बताएका छन्। शनिबार साँझ मन्त्री, राज्य मन्त्री र आफ्ना सचिवालयका सदस्यहरुलाई ब्रिफिङ गर्दै पार्टीको अवस्था जटिल मोडमा पुगेकाे बताएका हुन्।
एक मन्त्रीका अनुसार, प्रधानमन्त्री ओलीले अब पार्टी एक नरहन सक्ने समेत बताएका थिए। ती मन्त्रीले हिमालखबरसँग भने, “अब कित्ता क्लियर गरेर जानुपर्ने हुनसक्छ। तीन–चार दिनभित्रै तपाइँहरुले कता लाग्ने भन्ने जवाफ दिनुपर्ने हुनसक्छ।” राज्यमन्त्रीहरुलाई समेत बोलाइएको बैठकलाई अनौपचारिक भनिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)