नेकपा कर्णाली विवाद : अध्यक्षद्वयका फरक-फरक निर्देशन
ekantipur.com · Fri Oct 23 16:30:22 UTC 2020
काठमाडौँ — नेकपा कर्णाली प्रदेशमा जारी विवादलाई लिएर प्रधान्मन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि अर्को निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले कर्णाली प्रदेश सभा नेकपा संसदीय दलका प्रमुख सचेतकबाट हटाइएका गुलावजंग शाहलाई पुनः सोही पदमा कायम गर्न निर्देशन दिएका थिए । उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको निर्देशन पत्रमा अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका शाहलाई प्रमुख सचेतकको जिम्मेवारीमा फर्काउन निर्देशन दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)