एकैपटक चार महत्वपूर्ण मन्त्रालय सचिवविहीन, सरकारको कार्यक्षमतामाथि प्रश्न
rajdhanidaily.com · Sun Jun 07 18:12:56 UTC 2020
काठमाडौं । सरकारका नीति, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रमुख भूमिकामा रहेका चारवटा मन्त्रालय सचिवविहीन बनेका छन् । कोभिड–१९ का कारण उत्पन्न संकट समाधान गर्न मन्त्री, सचिव तथा अन्य कर्मचारीले रातदिन काम गरेर परिणाम निकाल्नुपर्ने समयमा एकैपटक चार मन्त्रालय सचिवविहीन हुन पुग्दा समस्या सिर्जना भएको छ ।
चारमध्ये लामो समयदेखि सचिवविहीन भएका तीन मन्त्रालयमा नयाँ सचिव नियुक्त नगरिँदा मन्त्रालयका महत्वपूर्ण काम अवरुद्ध भएका छन् । चारवटा मन्त्रालय सचिवविहीन हुँदा पनि नयाँ सचिव पठाउन नसकेपछि सिंगो सरकार र मुख्यसचिवको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न सिर्जना भएको छ । सचिव नहुँदा ती मन्त्रालयले महत्वपूर्ण र नीतिगत कार्य गर्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)