राष्ट्रपति भण्डारीले पठाइन् अमेरिकी राष्ट्रपति ट्रम्पलाई स्वास्थ्य लाभको सन्देश
ekantipur.com · Sat Oct 03 17:36:37 UTC 2020
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को संक्रमण भेटिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम पहिला मेलानिया ट्रम्पको छिटो स्वास्थ्य लाभको सन्देश पठाएकी छन् ।
राष्ट्रपति भण्डारीले उक्त सन्देश शनिबार पठाएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा कोरोना भाइरस नियन्त्रणको लागि ठोस कार्य महत्वपूर्णमा जोड दिएकी थिइन् । उनले महामारीको बेलामा स्वास्थ्य, कल्याण र अर्थव्यवस्थालाई जोगाउन पनि ठोस कार्यको महत्वमा जोड दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)