नोयडा अन्तरराष्ट्रिय विश्वविद्यालयको क्षेत्रीय कार्यालय स्थापना
abhiyandaily.com
काठमाडौं (अस) । भारतको नोयडा अन्तरराष्ट्रिय विश्वविद्यालय (एनआईयू)ले नेपालमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । काठमाडौंस्थित ई–स्पट गू्रपसँगको सहकार्यमा एनआईयूले नेपालमा सेवा विस्तार गरेको हो । काठमाडौंमा हालै आयोजित कार्यक्रममा नोयडा अन्तरराष्ट्रिय विश्वविद्यालयका उपकुलपति प्राडा.उमा भारद्वाज र ई–स्पट ग्रूपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले नेपाल शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा विश्वविद्यालयकी उपकुलपति भारद्वाजले नेपालमा खोलिएको शाखाले दुई देशको सम्बन्धलाई बलियो बनाएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)