लकडाउनको मारमा परेका विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’को खाद्यान्न सहयोग
pahilopost.com · Thu May 07 17:25:00 UTC 2020
जनकपुरधाम : लकडाउनका कारण समस्या खेपिरहेका १ सय ५० परिवारलाई ‘स्टोरिज अफ नेपाल’ले सहयोग गरेको छ। पछिल्लो पटक जनकपुरधाम वडा नम्बर ४ र ९ लगायतका स्थानमा ५० परिवारलाई राहत सहयोग गरिएको राहत वितरणमा संलग्न संचारकर्मी विकास साहले बताए।
यसअघि पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ३, ४, ७ र औरही गाउँपलिकाको वडा नम्बर २ परवाहा लगायतका स्थानमा गरी १ सय थान राहत प्याकेज वितरण गरिएको थियो। अधिकांश गरिब तथा विपन्न परिवारको घरमा चुल्हो बल्ने अवस्था नरहेकाले ‘स्टोरिज अफ नेपाल’ले प्रति परिवार चामल, दाल, आलु, प्याज, खाने, नुन, साबुन, बिस्कुट र सेनिटरी प्याड बाँडेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)