पिसिआर रिपोर्ट ढिला आएको भन्दै क्वारेन्टाइनमै तोडफोड
thahakhabar.com
तनहुँ : भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसको क्वारेन्टाइनमा तोडफोड भएको छ। बिहीबार राति क्वारेन्टाइनमा बस्नेले घर जान नपाएको र पीसीआर रिपोर्ट नआएको भन्दै तोडफोड गरेका थिए।
तोडफोडबाट क्याम्पसको झ्याल, सिसा र कुर्सीमा क्षति पुगेको जनज्योति क्याम्पस संचालक समितिका अध्यक्ष जित प्रकाश आलेले जानकारी दिए। क्वारेन्टाइन भएको क्याम्पस भिमाद बजारको छेउमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)