तनहुँमा काठे पोल विस्थापित गरिँदै
dcnepal.com · Sat Nov 21 17:32:28 UTC 2020
दमौली । भिमाद नगरपालिका–९ मा काठे पोल विस्थापन गर्न शुरुआत गरिएको छ । काठे पोलले जोखिम बढाएपछि वडाका विभिन्न ठाउँमा काठे पोल विस्थापन गरी फलामे पोल राख्न शुरु गरिएको हो ।
उक्त वडाको पाथर्दी, जौपानी, सखेप, कटनछापलगायत ठाउँमा काठे पोल हटाएर फलामको पोल राख्न शुरु गरिएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)